Rule 52
मरे, भागेको थुनुवा कैदीहरुको मालसामान
(१) कारागारमा मरे वा कारागारबाट भागेको कैदी वा थुनुवाहरुको कारागार भित्र रहेको मालसामानमध्ये पुरानो लुगा फाटा जलाईदिनु पर्छ । अरु बा“कीको हकमा ऐन बमोजिम गरी प्रचलित कानून बमोजिम रीत पुर्याई गर्नु पर्छ ।
(२) एकजना भन्दा बढी व्यक्ति म नजिकको हकवाला हु“ भनी भन्न आएमा निजहरुलाई प्रचलित कानून बमोजिम हक कायम गरी आउनु भनी सुनाई सहीछाप गराई पठाईदिनु पर्दछ र हक कायम गरी नआउन्जेलसम्म सो सम्पत्ति धरौटी राखी छाडनु पर्दछ ।